खुलेआम नेटवर्किङ व्यापार, जागिर लगाइदिने भन्दै १६ लाख ४० हजार ठगि

 
असोज २२, काठमाडौँ – भारतको गोरखपुरमा मुख्य कार्यालय रहेको ड्रिम डेभलपर्स टेडमार्ट कम्पनीको नाममा नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा तनहुँ आबुखैरेनीका लोकेश भन्ने लोकबहादुर मगर छन् । अभियुक्त मगरले कुनै काम तथा दुःख नै नगरी एक व्यक्तिले पाँच सदस्य बनाई प्रत्येक सदस्यबाट रकम सङ्कलन गरी कम्पनीलाई बुझाएको खण्डमा आकर्षक तलब दिने आश्वासन दिएका थिए । पीडित दिनेश कोइराला लगायतका २० जना युवालाई नेटवर्किङ व्यवसायको एजेन्ट नियुक्त गरी अभियुक्त मगरले सात दिनको तालिम लिन भारत जानुपर्छ भन्दै उनीहरूबाट १६ लाख ४० हजार रुपियाँ नगद उठाएको प्रहरीले जनाएको छ । सो रकम टेडमार्टका कथित नेपाल निर्देशक भनिने काजी गुरुङ र मगरले आफूखुसी खर्च गरी २० जना बेरोजगार युवालाई ठगी गरेको जानकारी महाशाखा प्रहरीले दिएको छ ।
गोरखापत्रबाट