चितवन क्षेत्र नं ३ बाट चुनाब लड्ने प्रचण्डको तयारी

आश्विन १०, काठमाडौ, —माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रको चुनावमा चितवनको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा रहेको बताएका छन ।

मंगलबार भरतपुर विमानस्थलमा प्रेस सेन्टरसंग कुुरा गर्दै उनउक्त क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेको बताए ।  कुुन कुन पार्टीसँग तालमेल गरेर चुनाव लड्ने भन्नेबारे छलफल टुंगो लागिनसकेको पनि दाहालले बताए । देशभरिको सन्दर्भमा चाहिँ तालमेल हुन सम्ने तर मुख्य रुपमा चुनावमा तालमेलका लागि भने कांग्रेस र एमालेसंग छलफल चलिरहेको पनि बताए ।
तेस्रो चरणको चुनावसम्म आइपुग्दा २ नम्बर प्रदेशमा मतको हिसाबले माओवादीको अवस्था रामै्र रहेको उनले जानकारी गराए।