राजन कार्कीको दशैं गीत ‘टालाटुली बटुली’…(हेर्नुस भिडियो)

काठमाडौं – राजन कार्कीको दशैं गीत ‘टालाटुली बटुली’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘घुम्दै फिर्दै लौ है आयो दशैं तिहार घर फर्की आउदै छु माया नमार’ गीतले यस्तै परदेशी घर फर्केर आउदै गरेको भाव दर्साएको छ । गीतमा राजन कार्कीको शब्द संगीत रहेको छ भने आवाज गीतकार कार्की,प्रज्ञा लामा रोश्ना चामलिङको रहेको छ ।

धुन कला केन्द्रमा रेकर्ड गरीएको यस गीतलाइ प्रकाश लेप्चाले रेकर्ड गरेका हुन् । राजन कार्की कै निर्देशनमा बनेको भिडियो सम्पादन पनिकार्की कै रहेको छ । सिनेमाटोग्राफी जोहन तामाङले गरेका हुन् । भिडियोमा राजन कार्की र सरु तामाङको अभिनय देख्न सकिने छ ।

हेर्नुस भिडियो