वीरगन्जमा फोरमले कांग्रेससँगको मतान्तर बढायो, अग्रता कायमै

 

असोज ९,काठमाडौं- प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँगको अग्रता बढाउँदै लगेको छ।

अहिलेसम्म ५७ हजार २ सय ३० मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता बढाएको हो। ८४ हजार भन्दा बढी मत खसेकोमा वीरगन्जमा मतगणनाको सुरूमा राजपा अघि थियो । त्यसपछि कांग्रेसले अग्रता लिएको थियो अहिले फोरम अघि आएको हो ।

यस्तो छ अहिलेसम्मको मत परिणाम

संघीय समाजवादी फोरम नेपाल

मेयर (विजयी सरावगी): १३२५९

उपमेयर (पिंकी यादव): १२४९५

नेपाली कांग्रेस

मेयर (अजयकुमार द्विवेदी): १२६३१

उपमेयर (शान्ति कार्की): १४३७६

राजपा

मेयर (राजेशमान सिंह): ८३३६

उपमेयर (रम्भा मिश्र): ७१९४

माओवादी केन्द्र

मेयर (रहबर अन्सारी): ५७०३

उपमेयर (दुर्गा क्षेत्री): ३६२६

नेकपा एमाले

मेयर (बसुरुद्दिन अन्सारी): ६३९१

उपमेयर (सोफिया आचार्य): ७५३१

फोरम लोकतान्त्रिक

मेयर (विमल श्रीवास्तव): ५०८५

उपमेयर (रींकू यादव): ४१२४