पहिलो नेपाल आइडल बने बुद्ध

 

असोज ७, काठमाडौ— बुद्धलामा पहिलो नेपाल आइडल भएका छन । । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।

उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।
मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने । निशानले १५ लाख रुपैयाँ नगद पाएका छन भने प्रतापले १० लाख रुपैयाँ पाएका छन ।
एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारे । अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।