निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ — प्रचण्ड

असोज ६ , काठमाडौ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन प्रणाली बढी खर्चिलो भएको भन्दै निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन । मकवानपुरको हेटौंडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले सवै वर्गले निर्वाचनमा सहभागिता जनाउनका लागि पनि अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका हुुन । अध्यक्ष दाहालले तराई मधेशका जनताले मतदानमा देखाएको सहभागिताले आफुलाई गौरव महसुस भएको जनाए । प्रदेश र संघीय निर्वाचनमा पनि तराईका जिल्लामा माओवादी केन्द्रको उपस्थिति बलियो हुने उनको दाबी थियो ।