सप्तरीको तिरहुतमा फोरम नेपाल विजयी

सप्तरीको तिरहुतमा फोरम नेपाल विजयी

असोज ०६, काठमाडौ –  (सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका हेमन्तकुमार बहरखेर विजयी भएका छन् ।

बहरखेर २ हजार ९ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका विजयकुमार यादवले २ हजार १ सय ४ मत पाए ।
यस्तै उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकै तीर्थमाया मण्डल विजयी भइन् । उनले २ हजार ७ सय ४० मत प्राप्त गरि विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाकी रेखाकुमार मेहताले १ हजार ६ सय १ मत पाइन् ।