प्रदेश नम्बर २ कै पहिलो महिला मेयर बनिन् रिनाकुमार साह

आश्विन ५, रौतहट–रौतहटको मौलापुर नगरपालिकामा मेयर पदमा रिनाकुमार साह विजयी भएकी छिन् । माओवादी केन्द्रका तर्फवाट मेयर पदका उमेदवार साहले ३९१२ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले २२०८ मत ल्याएका थिए ।
३३ वर्षीया रिनाकुमार साह (कविता) प्रदेश नम्बर २ कै पहिलो महिला मेयर वनेकी छन ।
माओवादी नेता प्रभु साहसित बिवाह भएलगत्तै उनि जनयुद्धमा लागेकी थिइन । युद्धका बेला रिना जिल्ला कमिटी सदस्यका रुपमा सक्रिय थिइन् । अहिले माओवादी मधेसी मोर्चाको केन्द्रिय सदस्य हुन् । जनयुद्धका बेला रिनालाई कविता उपनामले चिनिन्थ्यो ।