काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

भदौ २१, काठमाडौं– त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को आज वसेको वैठकले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेको छ । तीन सदस्य रहेको छानविन समितिको प्रतिवेदन अनुसार त्रिविले नेशनललाई दिएको अस्थायी सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।
अनुगमनका क्रममा स्वास्थ्य मन्त्रालयबाट स्वीकृती नलिई अस्पताल सञ्चालन गरेको, आवश्यक पूर्वाधार नभएको तथा एमबीबीएस पढाई हुने अवस्था नरहेको पाइए पछि सम्बन्धन खारेज गरिएको जनाइएको छ ।