मुगुमा अस्पताल लैजाँदै गर्दा बाटोमा सुत्केरीको ज्यान गयो

भदौ १४, काठमाडौं- मुगुको सोरु गाउँपालिका–६ सोरुकोटमा उपचार गर्न लैजाँदै गर्दा एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी व्यथा लागेपछि सदरमुकाममा रहेको जिल्ला अस्पताल ल्याउँदै गर्दा जलदेवी रोकायाको ज्यान गएको हो । जलदेवीलाई व्यथा लागेपछि गाउँको स्वास्थ्य चौकीमा लगिएको थियो ।
स्वास्थ्य चौकीले जिल्ला अस्पताल रिफर गरेपछि उनलाई जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा जुम्ल्याहा बच्च जन्मिएकी थिईन । बच्चा जन्मिएपछि जलदेवीको बाटामै ज्यान गएको हो । जन्मिएका दुई बच्चा मध्ये एकको ज्यान गएको छ ।