सचिबहरुको धमाधम सरुवा

 

भदौ १४, काठमाडौं –  बुधबार बसेको मन्त्रिपरिषद्कोे बैठकले केही सचिवहरुकोे सरुवा गर्नै निर्णय गरेको छ । सचिवहरुको जिम्मेवारी हेरफेर गर्नै उदेश्यले सरुवा गर्न लागेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार भूमिसुधारका कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गराइएको छ भने निर्वाचन आयोगमा रहेका महेश्वर न्यौपाने पर्यटन मन्त्रालयमा सरुवा भएका छन् ।

पर्यटन मन्त्रालयका शंकरप्रसाद अधिकारी निर्वाचन आयोगमा सरुवा भएका छन भने सचिव कृष्णराज बिसी खानेपानी तथा सरसफाई मन्त्रालयमा पुगेका छन् ।