भूकम्पको धक्का महशुस

भदौ ५,काठमाडौं – आज साँझ दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

दोलखा लगायत आसपासका जिल्लाहरु र काठमाडौंमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।

गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ पराकम्प गएको केन्द्रले जानकारी दिएको छ ।