नाचौ नाचौ लाग्ने तीज गीत ‘तीज आयो है’को भिडियो युट्युब मार्फत सार्वजनिक

काठमाडौं –  गीतकार अम्बिका गुरुङले  नाचौ नाचौ लाग्ने तीज गीत ‘तीज आयो है’को भिडियो युट्युब मार्फत सार्वजनिक गरेकी छन । यस अघि गुरुङले रजनी राईको स्वरमा गीत ‘आएनौ छोरी…’ बोलको भावुक शैलीको तीज गीत पनि सार्वजनिक गरेकी थिइन ।

यस गीतमा आभा मुकारुङ र कला राइको आवाजमा रहेको गीतमा शब्द गुरुङ कै रहेको छ भने संगीत प्रकाश लोप्चाले भरेका छन ।

प्रकाश लेप्चाको निर्देशनमा रहेको यस गीतको भिडियोमा शिवदास गुरुङ कोरियोग्राफी छ । यो भिडियोमा रीना थापा मगर साथीहरुले आकर्षक नृत्य गरेका छन् । जोन योञ्जनद्वारा छायांकन गरिएको उक्त भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् ।

भिडियो