घोटाला लुकाउने प्रयासमा आयल निगम, बेचेको वास्तविक मूल्य नबताउन जग्गाधनीलाई दबाब

 
साउन ३१, काठमाण्डौ – नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् ।
आजको नागरिक दैनिकमा यो खबर छ ।
चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलिया मार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन्