गायक शरद ढुंगेलको गीत ‘तिमी बिना’ (हेर्नुस् भिडियो)

काठमाडौँ – गायक शरद ढुंगेलको पहिलो एल्बम प्रतिध्वनीमा समावेश ५ वटा गीत मध्येको शीर्ष गीत तिमी बिना बुधबार र एक कार्यक्रमका बिच राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार तथा प्राध्यापक डा कृष्ण हरि बराल, प्रा डा बिद्यानाथ कोइराला, लगायतले एक कार्यक्रमका बिच एल्बमलाई बिमोचन गरेका हुन् । जसमा ५ वटा गीत समावेश छन् भने दुई वटा गीतको भिडियो बनाइएको छ । जसमध्येको एउटा गीत तिमी बिनाको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।

गायक ढुंगेलको एल्बम प्रतिध्वनीका सबै गीत गीतकार तथा प्राध्यापक हेमन्त ढुंगेलले लेखेका हुन् । जो गायकका दाजु समेत हुन् । सार्वजनिक भिडियोमा मोडल रञ्जन रिजाल र सुन्दरी नम्रता योगीले जिवन्त अभिनय गरेका छन् । गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने उत्सब दाहालले छायांकन गरेका हुन् । जसको निर्देशन युवराज वाईवाले गरेका हुन् ।

विमोचन कार्यक्रममा डा बरालले संगीत बजार अप्ठ्यारो अवस्थामा पुगेको र सर्जकले छानेर राम्रा गीतलाई न्याए दिने अवस्था आएको बताए । त्यस्तै भाइब्स क्रियशनका एमडी परशुराम रिजालले संगीत बजार बालुवामा पानी खन्याउने अवस्थामा पुगेकाले सम्बन्धित सबैले सोच्नुपर्ने अवस्था आएको जिकिर गरे । एल्बम र भिडियोको बजार ब्यबस्थापन समेत भाइब्स क्रियशनले गरेको छ ।

हेर्नुस् भिडियो