डोटीको बोगटानमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ७ घाइते

 

साउन  २१,   काठमाडौ— डोटीको बोगटान गाउँपालिकामा शुक्रबार राति सडकबाट जिप खस्दा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

बोगटान गाउपालिकाको वडा नं. ६ गगुडामा शैलेश्वरी यातायातको से१ज ४९१ नम्बरको जिप खस्दा सोही गाउँपालिकाको वडा नं. १ सिमचौरका  विष्णुबहादुर मगर, बूढो घर्तीमगर, गोरख थापा, ललीतादेवी पुन मगर, शसीराम पुन, टेकबहादुर पुन, चन्द्रबहादुर घर्तीमगर, भीमबहादुर घर्तीमगरको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए । उनले शिखरनगरपालिकाका जिप चालक विष्णु  नेगीको पनि घटनास्थलमै मृत्यु भएको बताएका छन् ।

राति पौने दश बजे भएको जिप दुर्घटनामा परी दलबहादुर पुन, हर्कबहादुर घर्तीमगर, बीरबहादुर घर्ती मगर, प्रकाश घर्तीमगर  गम्भर घाइते  भएका छन् ।

दिपायलबाट बोगटान गाउँपालिकाको चवराचौतारासम्म जानका लागि कच्ची बाटो हुँदै वर्षा भइरहेका बेला यात्रा गर्ने क्रममा जिप चिप्लँदा सडकबाट चार सय मिटर तल खसेको थियो ।