५ नम्बर प्रदेशमा एमाले र कांग्रेस बराबर माओवादी तेस्रो

असार २०, बुटवल – १२ जिल्ला रहेको ५ नम्बर प्रदेश नम्बरमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन्।

दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, नवलपरासी पश्चिम, गुल्मी र पाल्पा जिल्ला रहेको प्रदेशमा ५ हजार १ सय ३३ जनप्रतिनिधिहरू चयन हुनेछन्।

मंगलबार बिहान सम्म सेतोपाटीलाई प्राप्त अन्तिम परिणाम अनुसार प्रदेश नम्बर पाँचमा एमाले र कांग्रेस झन्डै उस्तै जित हात पारेका छन्। माओवादीले पनि प्रदेश नम्बर पाँचमा राम्रै सिट जितेको छ ।

सर्वाधिक सिट जितेको नेकपा एमालेले प्रदेश नम्बर ५ मा एक उपमहानगरसहित ३२ स्थानीय तह जितेको छ। नेपाली कांग्रेसले ३० स्थानीय तह जितेको छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १९ स्थानीय तह जितेको छ।

यस्तै संघीय समाजवादी फोरमले ६ स्थानमा विजय हासिल गर्दा फोरम लोकतान्त्रिक र राप्रपाले १-१ स्थानीय तह जितेका छन्। जनमोर्चाले २ स्थानमा विजय हासिल गरेको छ।

अब १६ स्थानमा अन्तिम मत परिणाम आउन बाँकी छ। १२ जिल्ला मध्ये ८ वटा जिल्लाकोझ सबै परिणाम आइसकेको छ।