अब यसरी गुड्नेछ आगामी फागुनमा नेपालमा रेल

 

असार २०,जयनगर – नयाँदिल्ली, कोलकता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने विहारको जयनगर स्टेसशनछेउमै धमाधम नयाँ संरचना निर्माण भईरहेको छ ।

भारतीय भुमिमा भारत सरकारकै लगानीमा निर्मार्ण भईरहेको रेलवे स्टेसन, कार्यालय, भन्सार, गार्डघरजस्ता संरचनाको स्वामित्व भने नपालको हो ।

भारतीय निर्माण कम्पनी र नेपालको रेलवे विभागका वरिष्ठ अधिकारीहरुले दिएको जानकारीअनुसरा यही स्टेसनबाट आगामी फागुन सन् २०१८ को मार्च मा दुई देशलार्य रेलमार्गले पुनः जोड्ने योजना छ, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।