कांग्रेसलाई धेरै पछाडि छाड्दै एमाले, बीस सिट अगाडि (यस्तो छ अपडेट)

असार १८,काठमाडौं – नेकपा एमालेले नेपाली कांग्रेसभन्दा २० सिट धेरै जितेर अग्रता कायम राखेको छ ।आइतबार बिहान सातबजे सम्मको नतिजाअनुसार एमालेले ७८ स्थानमा जित हासिल गरेको हो । एमाले अझै ६८ स्थानमा अग्रता कायम राखेको छ । नेपाली कांग्रेस ५८ स्थानमा जितेको छ । कांग्रेस ६१ स्थानमा अगाडि देखिएको छ ।

माओवादी केन्द्रले २३ स्थानमा स्थानीय तह जितेको छ । माओवादी केन्द्र १८ स्थानमा अगाडि छ ।