बझाङमा आठ घन्टा कुर्नेले पनि मतदान गर्न पाएनन्

असार १५, काठमाडौं – बझाङको जयपृथ्वी नगरपालिका–२ को पाण्डु मावि मतदान केन्द्रमा एकजना अशक्तको मत वारिसले हालिदिएपछि कांग्रेस र एमाले कार्यकर्ताबीच बिहानै झडप भयो । त्यसपछि पाँचसय भन्दा बढी मतदातालाई लाइनमै राखेर राजनीतिक सहमतिको प्रयास भयो ।

तर, आठ घन्टा चर्को घाममा लाइनमा लागेका मतदातालाई बेलुका साढे पाँच बजे मात्रै भनियो, ‘आज मतदान हुँदैन । घर जानुहोस् ।’
त्यसअघि दिनभर मतदाता बुधबार नै मतदान भइहाल्छ कि भनेर लाइनमै थिए । उभिएर थाकेका उनीहरु विद्यालयको धुलाम्मे खेल मैदानमा बसेका थिए । केही आमाहरु छाताको ओत दिएर बच्चालाई दूध दुसाइरहेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।