रूरू गाउँपालिका गुल्मीमा एमालेको फराकिलो अग्रता

असार १५ , बुटवल – गुल्मीको रूरू गाउँपालिकाको वार्ड नं १ अहिलेसम्म गणना भएको ५७१ मत परिणाम अनुसार नेकपा एमालेका प्रमुख पदका उम्मेद्वार निलकण्ठ गौतमले ४२६ मत सहित फराकिलो अग्रता बनाएका छन्। माओवादी केन्द्र र नेपाली कांग्रेसका संयुक्त उम्मेद्वार माओवादीका यदु ज्ञवालीले १०६ मत ल्याएका छन्।

यस्तै उपप्रमुखमा एमालेकी लक्ष्मीदेवी पन्तले फराकिलो अग्रता कायम राखेकी छन्। उनले ४३१ मत पाएकी छन्। यस्तै कांग्रेस माओवादीका संयुक्त उम्मेद्वार नेपाली कांग्रेसका तर्फबाट देवेन्द्र मल्लले १११ मत पाएका छन्।

यस्तै वडाध्यक्षमा पनि एमालेकै उम्मेद्वारले अग्रता लिएका छन्। उनले ४२२ मत पाएका छन्। माओवादी-कांग्रेसको संयुक्त उम्मेद्वारले १४६ मत पाएका छन्।