स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न

असार १४, काठमाण्डौ । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आज तीन प्रदेशका ३५ जिल्लामा मतदान भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा छिटपुट घटना बाहेक शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले समग्रमा ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरेको छ । २० वर्षपछि पहिलो चरणमा गत वैशाख ३१ गते तीन प्रदेशमा निर्वाचन भएको थियो। दोस्रो चरणमा आज थप तीन प्रदेशमा निर्वाचन भएको हो ।

३३४ स्थानीय तह निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तय भएका थिए ।