बाँकेको कालाफाँटमा आगलागी

असार १४ । बाँकेको कालाफाँटमा आज आगलागी भएको छ । आगलागीबाट १३ वटा फुसको घर जलेर नष्ट भएका छन् । आगलागीबाट मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक कमल थापाको नेतृत्वमा खटिएको टोलीले आगोलाई नियन्त्रणमा लिएको छ । अहिले त्यहाँको स्थिति सामान्य छ ।