सुडान घोटाला प्रकरणमा दोषी राणाद्धारा आत्मसमर्पण

असार १४, काठमाडौँ । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पुर्व प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणाले आत्मसर्मपर्ण गरेका छन् । राणालाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ । राणाले आज सर्वोच्च अदालतमा आएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । सर्वोच्चले राणालाई छ महिना कैद र ३० हजार जरिवानाको फैसला सुनाएको थियो । राणाले सजाय छुटका लागि सर्वाेच्च अदालत पुगी आत्मसमर्पण गरेको बताइएको छ । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु¥याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ । यसअघि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा ,पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठले पनि आत्मसमर्पण गरेर जेल चलान गरिसकिएको छ ।