मतदान केन्द्रमा बम विस्फोट

असार १४ । मतदान चलिरहेका बेला कञ्चनपुरको मतदान केन्द्रमा बम बिष्फोट भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको भृकुटी उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा विष्फोट भएको हो । विष्फोट मतदान केन्द्रको नजिकै भएपनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोट भएपनि मतदान जारी रहेको बताइएको छ ।