आज मध्यरातीदेखि मौन अवधी सुरु

असार ११, काठमाडौँ। दोस्रो चरण निर्वाचनको मौन अवधी आज मध्य राती बाट सुरु हुदैछ । चुनावका लागि प्रचार गर्ने आज अन्तिम दिन भएकाले उम्मेदवार तथा समर्थक अन्तिम प्रचार प्रसारमा लागेका छन ।  निर्वाचन आयोगले आज राति १२ बजेपछि चुनावी प्रचार प्रसार गर्न नपाइने जनाएको छ ।
आज मध्य राती बाट मौन अवधी सुरु हुने भन्दै आयोगले वेब साइट , फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत प्रचार–प्रसार नगर्न निर्देशन दिएको छ । प्रवक्ता सूर्यप्रसाद शर्माले मौन अवधीमा प्रचार प्रसार गरेको भेटिए निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारबाही गरिने बताउनुभयो । आचारसंहिता राजनीतिक दल, उम्मेदवार , समर्थकका साथै सञ्चारमाध्यममले पनि पालना गर्नुपर्ने छ ।

यसैबिच दोस्रो चरणमा निर्वाचन हुने ३ प्रदेशका ३ सय ३४ स्थानीय तहमा मतदाता परिचयपत्र वितरणको काम पनि सुरु भएको छ ।
आउँदो बुधबार हुने निर्वाचनका लागि आज बाट फोटोसहितको मतदाता परिचयपत्र वितरण सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदाताले आफूले मतदान गर्ने केन्द्रमा आफ्नो परिचय खुल्ने सरकारी कागजात लिएर परिचयपत्र लिन सक्नेछन ।मतदान केन्द्रबाट आज भोली र पर्सि ३ दिन फोटो सहितको मतदाता परिचय पत्र वितरण हुने आयोगले जनाएको छ
परिचयपत्रका लागि मतदाता आफै निर्वाचन केन्द्रमा जानुपर्ने तर हिंडडुल गर्न नसक्ने बृद्धबृद्धा, सुत्केरी अपांगता भएका व्यक्ति लगायतको परिचय पत्र भने एकै घरका व्यक्तिले लिन सक्नेछन् प्रवक्ता शर्माको भनाई छ । र परिचय वितरणसंगै केन्द्रमा मतदातालाई मतदान गर्ने सहि तरिका पनि सिकाइनेछ ।