अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

असार ७, काठमाडौँ। पहिरो खसेका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ । सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना –६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिराका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार राति पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चले पनि बिहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो ।
बिहान करिब ७ बजे खुलेको सडक फेरि ८ बजे अवरुद्ध बनेको थियो । करिब १ घन्टा अवरुद्ध बनेपछि झण्डै ९ बजे सडक दुईतर्फ सञ्चालन भएको प्रहरीले जनाएको छ । वर्षाका कारण मुग्लिनदेखि जलवीरेसम्मको क्षेत्रमा सात स्थानमा सानाठूला पहिरो खसेको छ ।