मोरङमा माओवादी र उपेन्द्रबीच तालमेल, विराटनगरको मेयर फोरमलाई

 

असार ४, विराटनगर – माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच विराटनगर महानगरपालिकाको चुनावमा तालमेल गरेर जाने सहमति भएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि दुई पार्टीबीच मिलेर चुनाव लड्ने सहमति बनेको छ ।

विराटनगर महानगरपालिकामा संघीय समाजवादी फोरमले मेयर र माओवादी केन्द्रले उपमेयर राखेर तालमेल गर्ने सहमति गरेका हुन् । संघीय समाजवादी फोरमले मेयरमा उमेश यादव र माओवादी केन्द्रले नमिता न्यौपानेलाई उपमेयरमा अघि सारेको छ ।
जिल्लाका अन्य स्थानीय तहमा पनि तालमेल गरेर अघि बढ्ने सहमति बनेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोपी आछामीले जानकारी दिए । मोरडमा १ महानगरपालिकासहित १७ स्थानीय तह छ ।

विराटनगरमा हिजो मात्रै नेकपा एमाले र फोरम लोकतान्त्रिकबीच तालमेल भएको थियो ।