वरियतामा एक नम्वरमा रहेकालाई छोडेर सशस्त्रमा डीआईजीमा पाँच सिफारिस

 

असार २, काठमाडौं – सशस्त्र प्रहरी बलको रिक्त पाँच नायव महानिरीक्षक (डीआईजी) पदमा पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सिफारिस गरिएको छ ।

सिफारिसमा पर्नेमा एसएसपीहरु चीरञ्जीवी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रविण श्रेष्ठ र कविन्द्रमान श्रेष्ठ रहेका छन् । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

डीआईजी बढुवा गर्न बढुवा समितिले २५ जेठमा सूचना प्रकाशित गरी तीन दिनभित्र सम्भाव्य उम्मेदवारहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक पर्ने प्रमाणपत्र संलग्न गरी मूल्याकंन फारम पेश गर्न भनेको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डीआईजी बढुवाका लागि तीन सदस्यीय समिति रहने प्रावधान छ । डीआईजी बढुवा समितिको अध्यक्षमा गृहसचिव, सदस्यमा सशस्त्र प्रहरी महानिरीक्षक र सदस्य सचिवमा प्रशासन विभागका एआईजी रहने प्रावधान छ ।

वरियतामा एक नम्वरमा रहेका एसएसपी प्रजाभक्त श्रेष्ठ र तीन नम्बरमा रहेका सञ्जयविक्रम राणा बढुवामा परेनन्। यस्तै भरत श्रेष्ठ पनि बढुवामा पर्न सकेनन्।