काठमाडौँ महानगरपालिकाले सडक पखाल्ने मेसिन ल्याउने

जेठ ३१, काठमाडौँ । काठमाडौँमा धुलोको समस्या हटाउन महानगरपालिकाले सडक पखाल्ने जेट मेसिन खरिद गर्ने भएको छ । महानगरमा धुलो बढार्ने ब्रुमर ल्याउने निर्णय गरेको महानगरले योसँगै सडक पखाल्ने मेसिन पनि ल्याउन लागेको हो । यस बिषयमा महानगरको सडक डिभिजन मेकानिकल इन्जिनियर र पुल्चोक क्याम्पसको मेकानिकल इन्जिनियरिङको विभागीय प्रमुखको टिमले अध्ययन गरीरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
अध्ययनपछि नेपालमा उपयुक्त हुने डिजाइन निक्र्यौल गरी सोही अनुसारले खरिद प्रक्रिया अघि बढाइनेछ । सडकको धुलो बढार्ने ब्रुमर, सडक पखाल्ने जेटमेसिन तथा रुक रोप्ने ट्रि ट्रान्सप्लान्ट ल्याउन अर्थ मन्त्रालयले महानगरपालिकालाई ९ करोड दिइसकेको छ । यसमा महानगरले पनि ९ करोड लगानी गर्ने प्रवक्रा कार्कीले बताउनुभयो ।
महानगरले ३ वटा ब्रुमर मेसिन, २ वटा जेट मेसिन र एउटा ट्रि ट्रान्सप्लान्ट खरिद गर्ने तयारी गरेको छ ।