सप्तरीमा दुर्घटनामा परी दुइको मृत्यु

जेठ ३१ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा सवारी दुर्घटना हुदा दुइजनाको मृत्यु भएको छ । रुपनी –१ स्थित खाँडो पुल नजिकै रोकिराखेको को १ ख ३९७४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम आउदै गरेको स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार दुइजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको तेरौता–७ का तेजनारायण चौधरी र पछाडि सवार नाम ठेगाना नखुलेका एकजना रहेको सप्तरी प्रहरीले जनाएको छ ।