प्रधानमन्त्री निर्वाचन रोक्ने एमालेको निर्णय

 

जेठ २०,काठमाडौं – प्रमुख प्रतिपक्ष दल एमालेले आइतबार (भोलि) हुने प्रधानमन्त्रीको निर्वाचन रोक्ने निर्णय गरेको छ। चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन हुन नसक्ने एमालेले बताएको छ। यो खबर मधुसुधन रायामाझीले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।
सहमति बिना नै प्रधानमन्त्री निर्वानको कार्यतालिका सार्वजनिक गरेकोप्रति असन्तुष्टि जनाउँदै एमालेले संसदको जारी समस्या समाधान नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरेको हो।