जापानमा निर्देशक दिनेश राउतका साथ‘पर्व’को बिशेष शो हुने

 

१९ जेठ ,काठमाडौ– गत शुक्रबारबाट नेपालभर रिलिज भएको चलचित्र ‘पर्व’को आगामी आइतबार जापानमा बिशेष शो हुने भएको छ । बिशेष शोका लागि चलचित्रका निर्देशक दिनेश राउत जापान आउँदैछन् ।

करोड ग्रसको व्यापार गर्न सफल यो चलचित्र कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न घटनाक्रमलाई सस्पेन्स थि्रलर शैलीमा निर्माण गरिएको छ ।

चलचित्र प्रदर्शनबाट उठेको रकम जिग्री-पाँडे प्रतिष्ठान नेपालले दृष्टिविहीन असाहय परिवारका लागि सप्तरीमा निर्माण गर्न लागेको आवास परियोजनाका लागि सहयोग गर्ने आयोजकले बताएको छ ।

टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा हुने चलचित्र ‘पर्व’को प्रदर्शन सोलमारी ग्रुपले व्यवस्थापन गरेको हो ।

चलचित्रमा समाबेश ‘काले दाई, काले दाई’ बोलको गीतको लोकपि्रयताका कारण पनि ‘पर्व’ हेर्न जापानबासी नेपालीहरु निकै प्रतीक्षारत छन् । उक्त गीतले युटुबमा एक करोड पन्” हजारभन्दा बढी दर्शकको साथ पाइसकेको छ ।

करोड ग्रसको कमाई गर्न सफल यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मूख्य अभिनय रहेको छ ।

सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको ‘पर्व’मा राजेश श्रेष्ठको छायांकन, चन्ऽ पन्तको एक्सन, बनिष शाहको सम्पादन र कोशिश क्षेत्रीको संगीत छ ।

साभार एजेन्सी।