बागलुङ जैमिनी नगरपालिकामा कांग्रेस विजयी

 

बागलुङको जैमिनी नगरपालिका मेयरमा नेपाली काग्रेसका ईन्द्रराज पौडेल निर्वाचित भएका छन । उनले एमाले जनमोर्चा सहित सयुँक्त प्यानलबाट उम्मेदवार बनेका जनमोर्चाका नरबहादुर पुनलाई १०६ मतअन्तर पछि पार्दै मेयर पदमा निर्वाचित भएका हुन् । पौडेलले ५३५६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै जनमोर्चाका उम्मेदवार नरबहादुर पुनले ५२५० मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा एमालेकी उम्मेदवार लिला राना विजयी भएकी छिन् । उनले ४७४० मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी कौशिलादेवी विकले ४६४८ मत प्राप्त गरिन् ।

१० वडा रहेको यस नगरपालिकामा वडा नं १ मा नेपाली काग्रेसका भुपेन्द्र सापकोटको प्यानल विजयी भएको छ । वडा नं २ मा नेपाली काग्रेसका लक्ष्मी सापकोटाको प्यानल विजयी भएको छ ।