काठमाडौं महानगरपालिकाको १ र २ मा एमाले विजय

 

काठमाडौं  जेठ  –काठमाडौ महानगरको पाँच दिन बित्दा मात्र दुई वटा वडा मत गणना सकिएको छ । दुई वटा वडाको ३०,२०७ मत गनिसकिएको हो ।

मत गणना भएर परिणाम आइसकेका वडाहरु १ र २ मा एमालेले जित हासिल गरेको छ ।

एक नम्बर वडामा एमालेका भरतलाल श्र्रेष्ठ वडाध्यक्षमा बिजयी भए भने दुई नम्बरमा एमालेकै राजेन्द्र श्र्रेष्ठ वडाध्यक्षमा निर्वाचित भए । पछिल्लो समय मतगणना छिटो हुन लागेको काठमाडौं महानगरमा अहिले भने वडाहरु ३,४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ मत गणना भैरहेका छन् ।

अहिलेसम्म  ३०,२०७ मत गनिसकिएको छ । जसमा मेयरमा विद्या सुन्दर शाक्य १०,२४५ मत ल्याएर अघि छन् । उनलाई काग्रेसका राजुराज जोशीले झण्डै चार हजार मतले पछि बाट पछ्याइरहेका छन् ।

काठमाडौमा अर्को नयाँ पार्टी बिवेकशील नेपालकी रञ्जु दर्शनाले ३९३८ मत ल्याएर राज्यको काम गरेरै खारिएका किशोर थापालाई टक्कर दिइरहेकी छन् । उनका पछि रहेका किशोर थापाले भने यो समाचार तयार पार्दासम्म ३,१४१ मत ल्याएका छन् ।

२ लाख ८० हजार मतदाता भएको काठमाडौंमा एक लाख ९० हजार मत खसेको छ ।