दाहालले भावुक हुँदै भने- राप्रपाले धोका दियो

 

वैशाख २२ ,काठमाडौं – अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवम् भी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा पुगेको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका नेताहरूसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै राप्रपाले धोका दिएको आरोप लगाए। यो खबर आजको नेपाल समाचार पत्रमा बीपी साहले लेखेका छन्।
आफ्नो कार्यकाल सकिनै लागेपछि बुधबार अबेर रातिसम्म प्रधानमन्त्री दाहालले राजपाका ४ जना नेतासँग छलफल गरेका थिए।
दाहालले सबैभन्दा पहिले राजपाको सहयोग मागेका थिए। सरकार परिवर्तनको करिब १० दिन बाँकी रहँदासम्म सरकार ढल्नसक्ने चिन्ताले प्रधानमन्त्रीलाई सताएको रहेछ। प्रधानमन्त्रीले जेठ पहिलो सातासम्म आफूलाई टिकाइराख्न राजपाको सहयोग मागेका हुन्।
छलफलमा प्रधानमन्त्री दाहालले भने- संविधान संशोधनका लागि मैले हरसम्भव प्रयास गरेको हुँ। अहिले पनि प्रयासरत छु। जाँदा जाँदै पनि संविधान संशोधन मेरै कार्यकालमा होस् भन्ने चाहेको छु। तर परिस्थितिले साथ दिएको छैन।
राप्रपाका नेताहरूले संशोधनमा धोका दिएको भन्दै दाहालले भने,‘तपाईहरूले चाहनुहुन्छ भने म संशोधन पेश गर्न सक्छु तर पारित हुने विश्वास दिलाउन सक्दिनद्द। त्यसकारण अहिले उचित परिस्थितिको खोजिमा छु।