सबैलाई स्विकार हुने संशोधन विधेयक तयारः प्रधानमन्त्री प्रचण्ड

चैत २६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट सबै पक्षलाई मिलाउनेगरी संविधान संशोधनको विधेयक तयार भएको बताउनुभएको छ । रिपोर्टस क्लब नेपालको १९ औ बाषिर्कोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेलाई स्वीकार हुने गरी संविधान संशोधन विधेयक तयार भएको बताउनुभएको हो ।
यसले संविधान कार्यान्वयन सहज बनाउँदै तीनै तहको निर्वाचन सम्पन्न गर्न सहज हुने उहाको विश्वास छ । मधेसी मोर्चा, प्रमुख प्रतिपक्षी दल एमाले तथा सबै पक्षसँग पटक पटक गरेका छलफल र वार्तामा आधारित भएर संशोधन विधेयक तयार पारेको भन्दै उहाले यो राष्ट्रिय एकताको पक्षको दस्तावेज हुने दाबी गर्नुभयो ।