एमाले अध्यक्ष ओली बैंकक तर्फ

 

चैत २६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली आज बैंकक जानु भएको छ । नियमति स्वास्थ्य जाँचका लागि ओलीे बैंकक जानु भएको हो । ओलीसँग श्रीमती राधिका शाक्य र निजी सचिव राजेश बज्राचार्य पनि बैंकक जानुभएको छ । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा एक साता बढी बैंककमै रहनुहुने र बैंककपछि चार दिने भ्रमणका लागि इन्डोनेसिया जानुहुने एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
विदेश प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताउनुभयो । सत्तारुढ दलले मधेशी मोर्चालाई सहमतीमा ल्याउन दुइ चरणमा भएपनि निर्वाचन गर्ने विकल्प ल्याएका बेला प्रतिपक्षी दलका अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।
उहाले चिकित्सकहरुको सल्लाह अनुसार नै आफू बैंकक गएको बताउनुभयो । अध्यक्ष ओली किड्नी प्रत्यारोहणपछि बैंककमा गएर यसको नियमित उपचार गराउँदै आउनुभएको छ ।