प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका उपमहासचिव भर्बर्गबीच भेटवार्ता

चैत २६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका उपमहासचिव एवं पोषण कार्यक्रमका संयोजक गेर्डा भर्बर्गबीच भेट भएको छ । शनिबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिकोबारेमा कुरा गर्दै सरकार, निजी क्षेत्र, तथा दाताहरुको सहकार्यमा यसमा सुधारको पहल भइरहेको जानकारी दिनु भयो ।
उहाँले सरकार पोषणसहित दिगो र सन्तुलित विकासको एजेण्डा लिएर अघि बढेको बताउँदै स्थानीय तहको निर्वाचनपछि महिलाहरु तल्लो तहदेखि नै नेतृत्वमा आउने र यस विषयमा अझ प्रगति हुनुका साथै स्वास्थ्य र शिक्षामा पनि पोषणलाई महत्वपूर्णरुपमा समावेश गरिने बताउनु भयो । उपमहासचिव भर्बर्गले पोषणमा नेपालले गरेको प्रगतिप्रति आभार प्रकट गर्दै राष्ट्र संघका तर्फवाट आवश्यक सहयोग रहने बताउनु भयो ।