नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोः एकको मृत्यु, ५ वटा सावरी पुरिए

चैत्र २१, काठमाडौँ। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । पहिरोमा कम्तीमा ५ वटा सवारी साधन पुरिएका छन् । उद्धारका क्रममा प्रहरीले अहिले सम्म एक जनाको शव निकालेको हो । पहिरोमा एउटा ट्याङकर, एउटा जिप, दुई वटा मोटरसाईकल र एउटा ट्रक पुरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
स्तोरन्नतीको क्रममा रहेको सो सडकखण्ड गत मंगलवारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द हुने भएपनि सो समय अघि नै छुटेका सवारी साधन पहिरोमा पुरिएका हुन् ।  भरतपुर महानगरपालिका अन्तरगत २० नम्बर वडामा पर्ने घुमाउने स्थानमा पहाडबाट खसेको डुङा सहितको ढिस्को खसेको थियो ।