सगरमाथाको उचाइ घटेको हो र ?

चैत १७ ,काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ। २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफैं पहल अघि बढाएको खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

नापी विभागले सगरमाथाको उचाई नेपाल आफैंले नाप्न सक्ने जनाएको छ। त्यसका लागि नापीले चरणबद्ध रूपमा विभिन्न निकायसँग छलफल गरेको छ। सगरमाथाको उचाइ नाप्न कम्तिमा १० करोड रूपैया लाग्ने भन्दै त्यसका लागि आगामी आर्थिक वर्षमा सरकारसँग बजेट माग गरिने गरी तयारी थालिएको विभागका प्रवक्ता अनिल मरासिनीले बताए।