नर्स हुन पुरुषको दौडधुप, अहिले ४० जना पुरुष नर्सहरु कार्यरत

 

चैत १४ , काठमाडौं- पछिल्लो समय पुरुषहरुले समेत नर्समा भर्ना हुन पाउनुपर्ने भन्दै नेपाल नर्सिङ संघलाई आग्रह गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा नर्सको माग बढेको र लैंगिक समानताका कारण पनि नर्स पेसातर्फ पुरुषहरुको आकर्षण बढेको हो ।
अहिले नेपालभर ४० जना पुरुष नर्सहरु विभिन्न अस्पतालमा काम गरिरहेको नर्सिङ संघको तथ्यांकमा उल्लेख छ । जुन महिलाको तुलनामा निकै कम हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

बिरामीको सेवा गर्न पुरुषहरु पनि उत्तिकै इच्छुक देखिएकाले पुरुष नर्सको जनशक्ति उत्पादन गर्न संघले काउन्सिलमार्फत सरकारसँग माग गरेको छ ।