मेलम्चीको सुरुङ खन्न ४ किलोमिटर बाँकी, असोजसम्म काठमाडौंमा पानी ल्याउन मुस्किल

चैत १४ , काठमाडौं – मेलम्चीको पानी काठमाडौं आउने सुरुङ खन्न अब ४.२ किलोमिटर मात्र बाँकी छ । तर २०७४ असोज अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने आशंका बढेपछि मेलम्ची खानेपानी विकास समिति कामको गति बढाउन लागिपरेको छ । यसका लागि थप उपाय खोजिरहेका छ ।
मेलम्चीदेखि सुन्दरीजलसम्मको कुल २६.५ किमि लामो सुरुङ खन्न ४.२ किमि बाँकी रहँदा तोकिएको समयमा सम्पन्न हुँदैन कि भन्ने आशंका बढेको छ ।

हाल दैनिक १५ देखि २० मिटरका दरले सुरुङ खनिएको छ । सोही गति अनुसार काम गर्दा तोकिएको समयमा पानी आउन नसक्ने अवस्था देखिएपछि समितिले थप उपायको खोजी गरेको हो । निर्माण कम्पनीले भने थप सर्तसहित तोकिएको समयमा काम सक्ने प्रतिवद्धता गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले २०७४ असोज मसान्तभित्रै मेलम्चीको पानी ल्याउन निर्माण कम्पनीले प्रतिबद्धता गरेको बताउनु भयो । तर निर्माण कम्पनीका थप केही सर्त रहेको बताए ।