केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए

चैत ११ , काठमाडौं – चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएको सम्बद्ध व्यवसायीले बताएका छन्।
भन्सार कर्मचारी र एजेन्टको बदमासीले करिब पाँच सय कन्टेनर रोकिएको बौद्ध व्यापार संघका पूर्वअध्यक्ष दुर्गानाथ दाहालले बताए ।
काठमाडौंका व्यापारीले चीनबाट सामान किनेपछि भन्सार पास र ढुवानीको जिम्मा एजेन्टलाई दिन्छन् । व्यापारीसँग कम मूल्यमा काठमाडौंसम्म सामान ल्याउने सम्झौता गरेका एजेन्टले अहिले भन्सारमा निर्धारित मूल्य तिर्नुपर्ने भएपछि सामान ढुवानी नगरेका हुन् ।