‘पानी किन खेर फाल्ने?’

चैत ९, काठमाडौँ । आज विश्व पानी दिवस नेपालसहित विश्वभर मनाइँदै छ । यो बर्षको नारा पानी  किन खेर फाल्ने ?  भन्ने रहेको छ । दिवसका अवसरमा सरसफाइ तथा खानेपानीको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन ।सन् १९९३ मा संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक बर्षको मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ६६ करोड ३० लाख मानिस स्वच्छ पानीको पहुँच बाहिर छन् भने विश्वभर ८० प्रतिशत पानी खेर गइरहेको छ । नेपालमा गत ४ गतेदेखि जल तथा उर्जा आयोग लगायत अन्य सरोकारवालाको समन्वयमा जल तथा मौसम सप्ताह जारी छ । नेपालमा पनि जनसंख्या बृद्धि तथा  बढ्दो शहरीकरणका कारण पानीका स्रोतहरु संकटमा छन । सरकारले पानीका स्रोत संरक्षणका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका छैनन ।