३ प्रतिशत थ्रेसहोल्ड

 

चैत ९, काठमाडौँ । राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले ३ प्रतिशत थ्रेसहोल्ड राख्न सिफारिस गरेको छ ।

उपसमितिले समानुपातिकतर्फ प्रतिनिधीत्व गर्न कुल खसेको मतको ३ प्रतिशत मत र एउटा सिट जित्नुपर्ने व्यवस्थासहितको राजनीतिक दल सम्बन्धी विधेयक समितिमा पठाएको हो । उपसमितिको यो प्रस्ताव बमोजिम विद्येयक पास भएमा समानुपातिक सांसद पाउन कुनै पनि दलले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउनुका साथै प्रत्यक्षतर्फ एउटा सिट जित्नुपर्छ ।
समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड पास गर्ने गरी मत ल्याएपनि प्रत्यक्षमा एक सिट जित्न नसक्ने पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न नपाउने सांसद रामेश्वर फुयालले जानकारी बताउनुभयो । साना दलको विरोधका बिच उपसमितीले यस्तो सिफारिस गरेको हो ।

थ्रेसहोल्डको निर्णयमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाउनुभएको छ । निर्वाचन आयोगले राजनीतिक दलसम्वन्धी ऐनको मस्यौदामा ३ प्रतिशत थ्रेस होल्ड प्रस्ताव गरेको थियो