प्रस्तावित राजदुतको सुनुवाई सुरु

चैत ७, काठमाडौँ । सरकारले सिफारीस गरेका राजदुतहरुको सुनुवाई सुरु भएको छ । आज अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको सुनुवाई भएको छ । संसदीय सुनुवाइ विशेष समितिले आज उजुरीकर्तासँगको छलफलपछि शेर्पाको सुनुवाइ गरेको हो ।
सुनुवाई समिति सचिव ध्रुवप्रसाद घिमिरेले शेर्पाको सुनुवाइ आज भएको र अन्य प्रस्तावित राजदूतहरुको मगंलबार र बुधबार सुनुवाई हुने जानकारी दिनुभयो ।