अमेरिका पठाइदिने प्रलोभनमा खाडीका नेपाली लुट्दै एक गिरोह

चैत ३ ,काठमाडौं – मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ। यो खबर हामीले आजको नागरिक दैनकबाट लिएका हौ।
६ वर्षअघि खाडी राष्ट्रमा रहेका नेपाली कामदारलाई अमेरिका लैजाने प्रलोभन देखाई ठग्दै आएको यो गिरोहले अहिले मलेसियामा रहेका नेपालीलाई सोही प्रलोभनमा पारी ठगी गरिरहेको भेटिएको हो ।
मुनलाइट सर्भिसेज कम्पनीका नाममा महेश राणा भन्ने व्यक्तिले मलेसियामा कार्यरत नेपालीबाट अहिले लाखौँ रूपैयाँ असुलेर ठगी गरेका हुन्।