अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २००५ मा कर तिरेको दस्तावेज सार्वजानिक

चैत १, काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००५ मा तिरेको करको दस्तावेज सार्वजनिक भएको छ । अमेरिकाको एउटा टेलिभिजन नेटवर्कले सार्वजानिक गरेको दस्तावेजनमा १५ करोड डलरभन्दा बढिको आयमा करिब चार करोड डलर कर तिरेको सार्वजानिक भएको हो । नेटवर्कले सो दस्तावेजन सार्वजानिक गरेपछि ट्रम्प रुष्ट हुनुभएको छ ।
ह्वाइट हाउस स्रोतले ट्याक्स रिटर्नलाई सार्वजनिकरुपमा प्रकाशित गर्नु गैरकानूनी हुने बताएको बिबिसीले उल्लेख गरेको छ ।
निर्वाचन अभियानका दौरान ट्रम्पले आफूले तिरेको करको विवरण सार्वजनिक गर्न इन्कार गर्नुभएको थियो । अमेरिकामा राष्ट्रपतिका उम्मेदवारहरुले कर तिरेको सार्वजानिक गर्ने प्रचलन थियो । सार्वजनिक भएको दस्तावेजमा ट्रम्पले तिरेको करको पूर्ण विवरण भने छैन भने यसमा उनको आम्दानीको व्यहोरा पनि छैन ।