प्रधानमन्त्री बसेकै सिट जलाइयो

फागुन २९, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुगे । उनले ३० वटा साझाले ल्याएका बस अवलोकन र उद्द्धाटन गरे। त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बसमा चढाए । उक्त सिट विशेष सुविधायुक्त थियो। दीक्षितको मनासय साझाले सर्साधारण दिन चाहेको सेवा सुविधाबारे प्रधानमन्त्रीलाई अवगत गराउनु थियो।
प्रधानमन्त्रीले चढेको उक्त बसको सो सिट शनिबार बन्दको अवज्ञा गरेको भन्दै जलाइएको छ।
नेत्रविक्रम चन्द नेतृत्वको पार्टी कार्यकर्ताले शनिबार बालाजु बाइपासमा आगो लगाएको बस प्रधानमन्त्री दाहालले उद्घाटन क्रममा चढेका थिए । प्रधानमन्त्री बसेकै सिट जलेर नष्ट भएको छ ।